दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य धार्मिक एवं प्राकृतिक पर्यटकीय क्षेत्रहरूको तस्बिर नाम उल्लेख गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले सबै ठाउँका बास्तबिक फोटो, नाम, ठेगाना सहित घुम्न जाऊ घोराही अभियान कार्यक्रम सुरु गरिने बताउनुभयो । यस्तो पोस्टर विभिन्न चोक वडा होटलहरु, बस अनि अटोहरुमा समेत टाँसिने प्रियासनको भनाइ छ।