काठमाडौं । अनैतिक गतिविधिको केन्द्र बन्दै गेष्ट हाउस, स्पा,ब्युटी पार्लर,फिटनेस क्लब,जुम्बा डान्स र मसाज सेन्टरहरुमा हिजो विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरबाट प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको छ । यो एउटा प्रतिनिधि समाचार हो । शहर बजारमा १०० मिटरको दुरिमा अहिले यस्ता स्पा तथा मसाज सेन्टर छ्यापछ्याप्ती भेटिन्छन । गेष्ट हाउस, क्याफे, स्पा, ब्युटी पार्लर, बार, फिटनेस क्लब, जुम्बा डान्स र मसाज सेन्टर खोलेर अनैतिक धन्दा चलाएको जनगुनासो आएपनि प्रहरीले कार्वाही गर्न सकिरहेको छैन । सभ्य समाज निर्माण गर्न यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न नेपाल सरकारलाई सुझाव दिन्छु ।