बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
बाँके प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ।