१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सुकुम्बासी व्यवस्थापन माग राखेर महताराले बुझाए ज्ञापनपत्र व्यवस्थापन गरेरै डोजर चलाउने अध्यक्ष पोख्रेलको आश्वासन,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, बैशाख २१, २०८३

 

दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल समक्ष ज्ञापनपत्र बुझाएको हो ।

व्यवस्थित रूपमा अभियानलाई अगाडि बढाउन महताराको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको पनि थाहा भएको छ।
समितिले सुकुम्बासी तथा भूमिहिन नागरिकहरूको समस्या समाधानका लागि तत्काल पहल गर्न स्थानीय सरकार समक्ष जोडदार माग गरेको छ। अभियानमा सहभागी पदाधिकारीहरूले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, भूमि व्यवस्थापन तथा सुरक्षित बसोबासको सुनिश्चितता आवश्यक रहेको दाबी गरेका छन्।

गाउँपालिका अध्यक्ष पोख्रेलले ज्ञापनपत्र बुझ्ने क्रममा उचित व्यवस्थापन नगरी डोजर चलाउन नदिने पालिकाले स्पष्ट नीति लिएको अवगत गराए । सरकारलाई आवश्यक पर्ने जमिन स्थानीय तहले खाली गराउने भए पनि त्यसअघि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गरिने उनलेे ठोकुवा समेत गरेका छन् ।

त्यसका साथै अध्यक्ष पोख्रेलले कुनै पनि नागरिकलाई उठिबास हुने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । गढवा गाउँपालिका सरकारले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा दिलाउने गरी निरन्तर प्रक्रियामा अगाडि बढाएको जानकारी गराएका छन् ।

आजका दिनसम्म ९ जनालाई लालपुर्जा वितरण गरिसकिएको उल्लेख गर्दै आउँदा दिनमा अरुथप भूमिहिनलाई लालपुर्जा वितरण कार्यलाई तीव्रता दिन संघ सरकारसँग अनुरोध गरिएको अध्यक्ष पोख्रेलले जानकारी गराए ।

ज्ञापनपत्र बुझाउने क्रममा अभियानका संयोजक महताराले केन्द्र सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजरले आफुहरु आतंकित भएको व्यहोरा जाहेर गरे । व्यवस्थापन नगरीकन डोजर चलाउनु भनेको अत्यन्तै अमानवीय, अराजक र मानवअधिकार विरुद्धमा भएको चर्चा गरे । गढवा गाउँपालिकामा त्यस्ता गैरमानवीय कार्य रोक्न गाउँपालिका लाई अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]