बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो ।
कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले आम जनमानसमा डरत्रास देखाउने र समाजलाई आतंकित पार्ने किसिमका अश्वभाविक गतिविधि गरेको कसुरमा उनीहरुलाई पक्राउ गरिएको बताए ।
दुबै जना बिरुद्ध म्याद थप भइ अनुसन्धान भइ रहेको डिएसपी पातलीले जानकारी दिए ।