१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सरकारले तत्काल इन्धनको मूल्य घटाउन सकिँदैन,बढाउनुपर्ने अवस्था रहेको अवस्था,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २२, २०८३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् ।

मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा रहेको बताए ।

आम उपभोक्ताले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिरहेका बेला सचिवले भने अहिले पनि खाना पकाउने ग्यास, पेट्रोललगायत इन्धनमा सरकार घाटामा व्यापार गरिरहेको दाबी गरे ।

“महँगोमा किन्ने र सस्तोमा बिक्री गर्दा पहिलेको सञ्चित मुनाफा पनि सकिएको छ,” सचिव राउतले बैठकमा भने, “सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको हो । पछिल्लो समय नियमित रूपमा मूल्यमा तलमाथि गरिएको छ । तर पूर्ण रूपमा स्वचालित मूल्य प्रणालीमा गए भने मूल्य अझ धेरै माथि जान्छ । त्यसैले सरकारले उपभोक्तालाई मारमा नपार्न अलि तल नै मूल्य राखेर काम गरेको छ ।”

उनले स्वचालित मूल्य प्रणालीमा गएमा हालको भन्दा पनि बढी मूल्य पर्ने र उपभोक्तालाई थप मार पर्ने भएकाले त्यसो नगरेको स्पष्ट पारे ।

सचिव राउतले नेपाल आयल निगम हाल मुनाफामा नभएको भन्दै निगमका कर्मचारीलाई बोनस दिने अवस्था नै नरहेको पनि बताए ।

सरकारले आईओसीबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार र विनिमय दरअनुसार परिवर्तन भइरहने भए पनि उपभोक्तालाई सकेसम्म राहत दिने प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]