१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नवलपुरबाट काँकडभिट्टा जादै गरेको गोरु तस्करी हिन्दू सम्राट सेनाद्वारा नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २२, २०८३

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो।

घटना विवरण:

नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका लागि लैजान लागिएको सूचना प्राप्त भएपछि भोरिल सनातनी ज्यूको अगुवाईमा रहेको हिन्दू सम्राट सेनाको टिमले बन्दीपुरमा सो ट्रकलाई रोकेर छानबिन गरेको थियो। छानबिनका क्रममा ट्रकभित्र अमानवीय ढंगले गौवंशहरू खाँदिएको फेला परेको थियो।

तस्करहरूले उक्त गौवंशलाई “कृषि फार्म” का लागि लैजान लागिएको भनी कानुनी दाउपेच देखाउन खोजे तापनि, ती गौवंश बंगलादेशमा मासुका लागि लैजान लागिएको ठोस जानकारी हिन्दू सम्राट सेनाको टिमले फेला पारेको छ।

कानुनी कारबाही:

तस्करहरूले उम्किनका लागि विभिन्न प्रलोभन र अनुरोध गरे तापनि भोरिल सनातनीको टिमले त्यसलाई ठाडै अस्वीकार गर्दै उक्त ट्रक र तस्करहरूलाई इलाका प्रहरी कार्यालय, बन्दीपुरको जिम्मा लगाएको छ। हिन्दू सम्राट सेनाले अपराधीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिने सर्तमा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
गौवंश संरक्षणका लागि ज्यानको जोखिम मोलेर राति १ बजे राजमार्गमा खटिनुहुने भोरिल सनातनी र उहाँको सम्पूर्ण टिमप्रति हिन्दू सम्राट सेना उच्च सम्मान व्यक्त गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]