दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ ।
अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई कामबाट हटाइएको जानकारी गराएको थियो । सोही विषयमा मञ्चको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु )डा. सुशील केसीमार्फत आवश्यक जानकारी लिएको छ ।
मेसु डाक्टर केसीले बताए अनुसार ती कर्मचारीले गत चैत ३० गते र वैशाख १ गतेगरी दुईदिन अस्पतालको काउण्टरबाट संकलन हुन आएको जम्मा रकम मध्ये १३ हजार ३ सय ९५ रुपैयाँ अस्पतालको बैंक खातामा जम्मा गरेनन् । त्यही कुरा कारोवारको लेखा राख्ने क्रममा जानकारी भएपछि जम्मा हुनुपर्ने रकममध्ये उपरोक्त बाँकी रकम संलग्न कर्मचारीहरुबाट असुल उपर गर्यो ।
ती ब्यक्तिहरुसित अस्पताल प्रशासनले गरेको सेवा करार मिति २०८३ वैशाख ८ गते नै खारेज गर्यो । त्यही दिनदेखि नै उनीहरूलाई करार सेवाको जागिरबाट अस्पताल प्रमुख स्तरीय निर्णयवाट हटाइएको जानकारी गराएका छन् ।
देउखुरीको सो अस्पतालबाट प्रवाह हुने सेवा र वित्तीय अनुशासन कायम गर्ने शिलशिलामा आफूहरू सदैव स्पष्ट,पारदर्शी, जवाफदेही र सजग रहेको डाक्टर केसीले उल्लेख गरेका छन् । पत्रकारसँग गरिएको संवादमा डा. केसीले निलम्बित ती कर्मचारीहरूले मेसु र प्रशासन शाखा प्रमुखलाई लगाउँदै आएको आरोप तथ्यहिन र झुठो रहेको दाबी गरेका छन् ।
आफूलाई अस्पताल प्रशासनले गरेको निर्णय चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन सक्ने र आवश्यक परेमा त्यसको जावफ दिन अस्पताल तत्पर छ, डा. केसीले जानकारी गराए । उक्त विषयमा अस्पताल प्रशासनले छानबिनका लागि समिति गठन गर्न तयार रहेको समेत बताएका छन् ।
सर्वोदय माविमा पनि रिपोर्टिङ : माविको १६ बिघा जग्गा अहिलेसम्म बेखबर,
रिपोर्टिङका क्रममा टोलीले राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयको पनि रिपोर्टिङ गरेको छ । सोही क्रममा विद्यालयको नाममा २८बिघा जग्गा रहेको जानकारीमा आएको छ ।
विद्यालयमा उपलब्ध कागजातका आधारमा १२ बिघा जमिन विद्यालयको अधिकारमा छ । बाँकी १६ बिघा जग्गा अहिलेसम्म जानकारीमा नभएकोले त्यसको खोजीमा लागेको विद्यालयका शिक्षकहरुबाट थाहा भएको छ ।
अभिभावक भेलाको निर्णय बिना अवैध तरिकाले विभिन्न शिर्षकमा भर्नाका नाममा शुल्क अशुल्दै आएको फेला लिइएको तथ्य पनि बाहिरिएको छ । त्यसै विषयमा विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्तासित हामीले जिज्ञासा राखेका थियौं ।
विभिन्न कारणले समयमै विद्यालयको अभिभावक भेला राख्न संभावना नभएकोले विद्यालय व्यवस्थापन, शिक्षा शाखा र केही अभिभावकसँगको मौखिक सल्लाहमा शुल्क लिएको बताए । विद्यालयले सो शुल्क बाध्य भएर लिन परेको र त्यसलाई वैधानिकता दिन वैशाख महिना अन्त्यमा अभिभावक भेला गरेर निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।
मञ्चका कार्यवाहक अध्यक्ष ( वरिष्ठ उपाध्यक्ष ) सन्तोष कुमार गुप्ताले नेतृत्व गरेको सो टोलीमा मञ्चका महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सह – काेषाध्यक्ष लालमणी भुसाल, सचिव देवेन्द्रराज ( श्रीधर ) कँडेल र मञ्चका सदस्य बिदुर एम सीले सामुहिक रूपमा स्थलगत रिपोर्टिङ गरेका थिए ।