१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

अर्घाखाँचीको श्री लापे माविको झ्यालढोका चोरी, सौचालय पनि लथालिङ्ग,यस्तो हरि बिज्जोग अवस्था:

Logo
बिदुर एमसी (भन्डाफोर) प्रकाशित बिहिबार, बैशाख २४, २०८३

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल – ढोका टुटेफुटेर ह्वाङै छ ।

मानौँ त्यसको स्याहार सम्भार गर्ने कोही मालिक त्यहाँ छैन । भएन भने पनि छैन भनेर गुनासो गर्ने । भएको बनाएको संरचनाको पनि यस्तो दुर्दशा । लाहापे विद्यालय परिवार, व्यवस्थापन समिति तथा स्थानीय अभिभावक कोही कसैले पनि उक्त सौचालयप्रति ध्यान नदिँदा यस्तो अवस्था भएको एक स्थानीयले बताए ।

सौचालय हेर्दाखेरि निर्माण भएको त्यति धेरै समय भएको छैन । भरखरै बनेको नयाँ जस्तो लाग्छ । छात्र – छात्राको लागि दिसा – पिसाब गर्न अलगअलग बनाइएको छ । पानीका धाराको त्यस्तै हालत देखिन्छ । मानौँ त्यो सौचालय अब कहिल्यै प्रयोग गर्नुपर्दैन । कहिले पनि चाहिँदैन । विद्यालयका अन्य पुराना भवनहरुको पनि अवस्था त्यस्तै छ । यता यस बिद्यालयका प्रधानध्यापकलाई पटकपटक फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]