२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अर्घाखाँचीको श्री लापे माविको झ्यालढोका चोरी, सौचालय पनि लथालिङ्ग,यस्तो हरि बिज्जोग अवस्था:

Logo
बिदुर एमसी (भन्डाफोर) प्रकाशित बिहिबार, बैशाख २४, २०८३

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल – ढोका टुटेफुटेर ह्वाङै छ ।

मानौँ त्यसको स्याहार सम्भार गर्ने कोही मालिक त्यहाँ छैन । भएन भने पनि छैन भनेर गुनासो गर्ने । भएको बनाएको संरचनाको पनि यस्तो दुर्दशा । लाहापे विद्यालय परिवार, व्यवस्थापन समिति तथा स्थानीय अभिभावक कोही कसैले पनि उक्त सौचालयप्रति ध्यान नदिँदा यस्तो अवस्था भएको एक स्थानीयले बताए ।

सौचालय हेर्दाखेरि निर्माण भएको त्यति धेरै समय भएको छैन । भरखरै बनेको नयाँ जस्तो लाग्छ । छात्र – छात्राको लागि दिसा – पिसाब गर्न अलगअलग बनाइएको छ । पानीका धाराको त्यस्तै हालत देखिन्छ । मानौँ त्यो सौचालय अब कहिल्यै प्रयोग गर्नुपर्दैन । कहिले पनि चाहिँदैन । विद्यालयका अन्य पुराना भवनहरुको पनि अवस्था त्यस्तै छ । यता यस बिद्यालयका प्रधानध्यापकलाई पटकपटक फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!