२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

बाँके प्रहरीद्वारा नेपालगन्ज जमुनाहाबाट ३ लाख भन्दा बढीको सामानहरु बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २६, २०८३

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पातलीले शनिबार जानकारी दिएका छन् । भारतबाट नेपालतर्फ हुने तस्करी नियन्त्रणमा निरन्तर सक्रियता रहेकाले विशेष प्रहरी टाेलीसमेत परिचालन गरिएको जानकारी दिएका छन् ।

राति-राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर सामजिक संजालमा भिडियाे सार्वजनिक भएकाे थियाे । बाँके प्रहरी सीमा क्षेत्रबाट हुने त्यस्ता अवैध गतिविधि नियन्त्रणमा तल्लीन रहेकाे दावीसमेत गरेकाे छ ।

मुख्य नाकामा कडाइ गरिएको र सहायक तथा खुल्ला क्षेत्रबाट निरन्तर सामान नेपालतर्फ भित्रिरहेकाे भनेर बारम्बार संचारमाध्यममा समाचार प्रकाशन भईरहेका छन् । मुख्य नाकामा गरिएको कडाइपछि खुल्ला नाका भएर हुने तस्करी नियन्त्रणमा प्रहरीले निरन्तर कडाइ गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]