१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नेपालका लागि स्वीस सहयोग प्रमुख मायरसित लुम्बिनीका मुख्यमन्त्री आचार्यको औपचारिक भेटघाट :

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, जेठ ०१, २०८३

 

दाङ । नेपालका लागि स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसित औपचारिक तथा शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा दुबै पक्षहरूले नेपालमा प्राविधिक शिक्षा र संघीयता मजबूतीका लागि एकापसमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका देउखुरीमा मायरसित भएको भेट र कुराकानीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई समृद्ध – सुदृढ बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । सक्षम र दक्ष जनशक्ति तयार गर्दै मुख्यमन्त्री आचार्यले नयाँ उत्पादनमूलक र सीपमूलक शिक्षाले नै प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई अगाडि बढाउन सकिने जिकिर गरेका छन् ।

साथै आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका हुन् । प्रदेशहरुलाई अझ सुदृढीकरण बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी गराएका छन् । त्यसका लागि समुदायमा रहेका सबै पक्षहरूले गम्भीर भएर काममा लाग्नुपर्ने उनको सुझाव छ ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको समेत मुख्यमन्त्री आचार्यले खुशी व्यक्त गरे ।

संघीयता अनुरुपको शासन प्रणाली प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच समन्वय अझ कोशे ढुंगो हुनुपर्ने उनको भनाइ थियो । हाल नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले नेपालसित स्वीस सरकारको मैत्रीपूर्ण सम्बन्ध रहेकाे, संघीयताकाे सुदृढीकरण, नव प्रवर्तनकाे क्षेत्रमा सहकार्यले निरन्तरता पाएकाे चर्चा गरेका छन् ।

भेटघाट तथा कुराकानीका क्रममा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।

त्यसैगरी भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्ड बीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत गहन छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]