१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक डीएसपीहरूको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०२, २०८३

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।

प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ।

नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो।

यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका सबै अधिकारीहरूलाई तत्कालै आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र बरबुझारथ गर्न निर्देशन दिइएको छ।

डौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।

प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ।

नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो।

यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका सबै अधिकारीहरूलाई तत्कालै आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र बरबुझारथ गर्न निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]