१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

हरेक क्षेत्रको नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्छ : प्रियासन

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ ०३, २०८३

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रियासनले शिक्षा समाजको सिङ्गो रूप भएकाले हरेक क्षेत्रलाई समय सापेक्ष ढङ्गबाट अगाडि बढाउने जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रले अगुवाई गर्नुपर्ने धारणा राख्नुभयो । मुलुक बनाउने महान योजना बनाएर अगाडि बढ्नुभएका जननेता मदन भण्डारीले बनाउन खोजेको नेपाल अझै बनि नसकेको चर्चा गर्दै प्रियासनले नेता भण्डारीले जस्तै अहिलेका सबै नेताहरुले दूरदर्शी भएर सोच्ने हो भने देश बन्न समय नलाग्ने ठोकुवा गर्नुभयो । विद्यालयका प्रिन्सिपल बिमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक सरिता सुवेदी विद्यालयका सहायक प्रिन्सिपल तारा चौधरीलगायतकाले बोल्नुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरू बीच मैत्रीपूर्ण भलिबल र शिक्षकहरू बीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता भएको थियो। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रियासनले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]