०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

तरबुजा खेतीमा आकर्षक बढ्दै दाङका युवाहरु

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ ०३, २०८३

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको कृषक कृष्ण चौधरीले बताउनु भयो ।

कृषि पेशा मा अनुभब भए पछि स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने चौधरीले बताउनुहुन्छ । उहाँले भन्नुभयोे, “कृषिसम्बन्धी अनुभव भएको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले पाँच वर्षअघिदेखि कृषि व्यावसाय गर्दै आएको थिएँ, हाल अहिले पाँच जना साथीहरु मिलेर दङ्गीशरण गाउँपालिका,१ रामपुरमा व्यावसायिक तरबुजाखेती गर्दै आएका छौँ ।
पहिलो वर्ष पनि तरबुजा खेती गर्दै आएका थियौं । यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो।

अहिले गाउँमै १२ कठ्ठा खेतमा आहाना ,पुजा सरस्वती ,दिव्या र स्वीटहनि जातका तरबुजाखेती गरिरहनुभएको छ ।अहिले आहाना, प्रति किलो रु ८० र स्विटहनी , सरस्वती , पुजा , दिव्या, प्रति किलो रु ५० को दरले गाउँमै बिक्रि भएको बताउनु भयो । अहिले दैनिक १००/१५० किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य कृषकहरुलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

कृषक कृष्ण चौधरी हरुले लगायका तरबुजा किन्न पुग्नुभएका सोही ठाउँ बस्ने एक स्थानीयले भन्नू भयो गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्नुभएको छ। खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ। भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा कृषक हरु लाई दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!