१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण दुईजना प्रहरी घाइते

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

सिन्धुपाल्चोक माघ २५ शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ ।
अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । झा प्रहरी चौकीका प्रमुख समेत हुन् ।
१० या १२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।
प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले जानकारी दिए । एसपी महर्जन पनि रातारात आफै घटनास्थलमा खटिएका छन् ।
आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]