०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

नागरिकको सहयोग विना प्रहरी सफल हुदैन डिएसपी:चन्द

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ २५ भर्खरै सरुवा भएर आउनु भएका ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने र आम नागरिकले पनि प्रहरीको हाकिमलाई भेटेर आफ्नो गुनासो राख्न पाउन पर्ने वताएका छन् ।
खबर 24 नेपाल र एबिसी संचार सङगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए । उनले प्रहरी भित्र पनि केही कमिकमजोरि रहेको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए । पछिल्लो समय नेपाल प्रहरी लोक िप्रय बन्दै ग्एको भन्दै । जनताको सुरक्षाको लागि डिएसपी चन्द रातभर हाइबे गस्तीमा हिने गरेका पनि छन ।
उनले प्रहरीको सङख्या बढउने कि स्रोत साधन र प्राविधिले भरिपूर्ण गराउने अहिले मुख्य वहसको विषय भएको वताए । प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको वयवस्था कडाईका साथ लागू भएको डिएसपी चन्दले वताउनु भयो । यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको चन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]