२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

झारफुकको नाममा बालिका बलात्कार गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

कैलाली माघ २६ झारफुक गर्ने बहानामा बालिका बलात्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका –१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
१४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट डगौरालाई पक्राउ गरिएको थियो । माघ २१ गते बालिका बलात्कृत भए पनि ढिलो गरी जानकारी पाएको प्रहरीले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएकोछ ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बालिकाको आँखामा रहेको समस्या समाधानका लागि झारफुक गर्न गएको बेला डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् ।
यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय बालक पनि पक्राउ परेका छन् । १४ वर्षीया बालिका बलात्कारको आरोमा घोडाघोडी नगरपालिका–८, का एक बालकलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय, सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार बालकमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!