२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

बाँके प्रहरीको कार्वाही सुरु माघ महिनासम्म १५९ जना लागुऔषध कारोवारीलाई पक्राउ गर्यो

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ २६ जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत प्रहरीले १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जनाएको हो । जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन ।
चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले जानकारी दिए ।
बाँके प्रहरीले आ.व. ०७३/०७४ मा १३७ आगुऔषध मुद्धामा १ सय ८०, आव ०७४/०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५/०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
दिदिभाई नै लागु औषध कारोवारी
बाँके प्रहरीले शनिबार ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं. १ का विष्णु पुरी र शिवराज पुरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरु नातामा दिदिभाई भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका भारतको जिल्ला बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई २ सय ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो । जमुनाहा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलको हेल्मेटमा ब्राउन सुगर फेला परेको थियो ।
यसैबीच आईतबार बिहानै बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय नेपालगन्ज जमुनाहका प्रहरी प्रमुख माधव रिजालका अनुसार नेपालगञ्ज-२ घरबारीटोलका २२ बर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
तरवारसहित ३ जना पक्राउ
बाँके प्रहरीले माघ २५ गते (शनिबार) धारीलो हरीयार लरवार सहित नेपालगन्जबाट ३ जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरवारी टोल बस्ने बिशाल सुनारलाई कुटपिट गरी फरार भएका सोही ठाँउ निवासी सुवास शाही, सद्दाव अहमद, जिवन आर.सी. धारीलो हरीयार सहित पक्राउ परेका हुन । उनिहरुलाई अभद्र ब्यवहार कसुरमा अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी वलीले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!