१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

पर्सा प्रहरी प्रमुखमा पन्त शान्ति सुरक्षामा कडाई तस्करहरुबीच खैलाबैला मचियो

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
वीरगञ्ज माघ २७ जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख एसपी गंगा पन्तले बीरगन्जमा शान्ति सुरक्षालाई ध्यानमा राखेर चेकजाँचमा कडाई गर्नु भएको छ ।
प्रहरी प्रमुख पन्तले जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिदै बीरगन्जका आसपास र ग्रामिण भेगमा गुड्ने मोटरसाइकल विभिन्न स्थानहरुमा ब्लुबुक, लाइसेन्स र अन्य गतिबिधिका बारेमा कडाइका साथ लाग्न निर्देशन दिएपछि जिल्ला ट्राफिक कार्यालयबाट चेकजाँच तीव्रताको साथमा सुरु गरिरएको छ। मोटरसाइकलमा सवार आफ्नो लाइसेन्स र ब्लुबुक नभएका ब्यक्तिहरुले उच्च पदका ब्यक्तिहरुलाई भनसुन गर्दै उन्मुक्ति पाइरहेपनि प्रहरी उपरीक्षक पन्तले शान्ति सुरक्षामा खलल पु¥यान खोज्नेलाई काबार्ही गर्न कुनै कसर नराख् बताइन् । उनले सुरक्षाको पाटोमा राजनीति नगर्न पनि नेता तथा कार्यकर्ता संग आग्रह गरिन ।
यता, पन्तको आगमन सँगै शान्ति सुरक्षामा सुधार आउने आम नागरिकको बुझाईरहेको छ। महिला प्रहरी प्रमुखको रूपमा एसपी पन्तले कार्यभार सम्हालेपछि महिला हिंसा न्यूनीकरण र तस्करी नियन्त्रण हुनेमा पनि पर्सेली जनताले अपेक्षा गरेका छन्। पन्तको आगमन सँगै वीरगंञ्जमा खुलेआम धन्दा गरिरहेका तस्करहरुबिच खैलाबैला मच्चिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!