२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पर्सा प्रहरी प्रमुखमा पन्त शान्ति सुरक्षामा कडाई तस्करहरुबीच खैलाबैला मचियो

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
वीरगञ्ज माघ २७ जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख एसपी गंगा पन्तले बीरगन्जमा शान्ति सुरक्षालाई ध्यानमा राखेर चेकजाँचमा कडाई गर्नु भएको छ ।
प्रहरी प्रमुख पन्तले जिल्ला ट्राफिक प्रहरीलाई निर्देशन दिदै बीरगन्जका आसपास र ग्रामिण भेगमा गुड्ने मोटरसाइकल विभिन्न स्थानहरुमा ब्लुबुक, लाइसेन्स र अन्य गतिबिधिका बारेमा कडाइका साथ लाग्न निर्देशन दिएपछि जिल्ला ट्राफिक कार्यालयबाट चेकजाँच तीव्रताको साथमा सुरु गरिरएको छ। मोटरसाइकलमा सवार आफ्नो लाइसेन्स र ब्लुबुक नभएका ब्यक्तिहरुले उच्च पदका ब्यक्तिहरुलाई भनसुन गर्दै उन्मुक्ति पाइरहेपनि प्रहरी उपरीक्षक पन्तले शान्ति सुरक्षामा खलल पु¥यान खोज्नेलाई काबार्ही गर्न कुनै कसर नराख् बताइन् । उनले सुरक्षाको पाटोमा राजनीति नगर्न पनि नेता तथा कार्यकर्ता संग आग्रह गरिन ।
यता, पन्तको आगमन सँगै शान्ति सुरक्षामा सुधार आउने आम नागरिकको बुझाईरहेको छ। महिला प्रहरी प्रमुखको रूपमा एसपी पन्तले कार्यभार सम्हालेपछि महिला हिंसा न्यूनीकरण र तस्करी नियन्त्रण हुनेमा पनि पर्सेली जनताले अपेक्षा गरेका छन्। पन्तको आगमन सँगै वीरगंञ्जमा खुलेआम धन्दा गरिरहेका तस्करहरुबिच खैलाबैला मच्चिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!