११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सशस्त्र प्रहरी बल नेपाल .३० गण बाँकेद्वारा ४५ लाखभन्दा बढीको अवैध सामान बरामद,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०८, २०८३

बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं.३० गण हे.क्वा. बागेश्वरी बाँके र मातहत इकाईको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान ठूलो मात्रामा समातेको छ।

जम्मा मूल्य रु. ४५,२७,९१* बराबरको अवैध सामान समातिएका सामान लत्ताकपडा, किराना सामान,पेय पदार्थ, मोटरसाइकल,बोइलर कुखुरा, फलफुल, तरकारी अवैध कारोबारमा संलग्न ३ जना नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाइएको छ ।

कारबाही:राजस्व छली रोकियो भन्सार नतिरी ल्याएको सामानले राज्यको कर/राजस्वमा ठूलो घाटा गर्छ बिना जाँच आएको बोइलर कुखुरा, फलफुल, तरकारी, पेय पदार्थले स्वास्थ्यमा जोखिम निम्त्याउँछ अवैध लत्ताकपडा र किराना सामानले नेपाली उत्पादनको बजार बिगार्छ ।

बागेश्वरी गणले जमुनाह नाका वरिपरि गस्ती, शंका लाग्दा चेकजाँच र गोप्य सूचनाको आधारमा यो अपरेसन चलाएको हो। सशस्त्र प्रहरीले अब तस्करी नियन्त्रणलाई अझ कडा बनाउने सशस्त्र प्रहरी बल ३० गण बागेश्वरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ । काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा […]

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।