दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ।
गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।