११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

बर्षा पूर्वबाट भित्रिएको मनसुन मधेशदेखि लुम्बिनीसम्म फैलियो,मौसम पूर्वानुमान महाशाखा

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०८, २०८३

काठमाडौं । नेपालमा ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी मनसुनसम्बन्धी अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो।

महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद् सञ्जीव अधिकारी बताउछन्।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ। मौसम सम्बन्धी अद्यावधिक जानकारी तथा आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ।

विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ । काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा […]

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।