११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

दाङ प्रहरीद्वारा जेठ महिनाको काम कार्वाही प्रगति विवरण सार्वजनिक पत्रकारहरूसँग भेटघाट,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०९, २०८३

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी नियन्त्रण जस्ता काम समेटिएको थियो
अन्तरक्रियामा पत्रकारहरूले उठाएका जिज्ञासा, गुनासो र सुझावलाई डीएसपी के.सी.ले प्रत्यक्ष सम्बोधन गर्नुभयो। पारदर्शिता र जनसरोकारका मुद्दामा छलफल गर्दै ।

प्रहरीको कामलाई जनतासम्म पुर्‍याउन र मिडियामार्फत फिडब्याक लिन यो नियमित अभ्यास हो। “प्रहरी जनताको हो, जनताबाटै मूल्यांकन हुनुपर्छ” भन्ने मान्यताले यस्ता कार्यक्रम गरिन्छ। दाङमा लागुऔषध, घरेलु हिंसा, सडक दुर्घटना जस्ता मुद्दा संवेदनशील भएकाले प्रहरी-मिडिया समन्वय जरुरी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]