अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो।
तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्।
पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ खर्च गर्ने भन्ने कुरा लुक्दैन।आफैले छानेको योजनामा सबैले सहयोग गर्छन्। पछि गुणस्तरमा पनि प्रश्न उठ्दैन।
सितगंगा नगरपालिका अर्घाखाँचीको ठूलो नपा हो। वडा नं. ९ मा कृषि, पर्यटन र सडकका धेरै सम्भावनाहरु धेरै छन् । कार्यक्रममा सितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसीको अध्यक्षता एवं सन्चालन कम्पुटर अफरेटर निर्मला केसिको स्वागत मन्तब्य वडा सदस्य खुमबहादुर लुईचे लगायतले वडामा हुने बिकास योजना बारेमा आ आफ्नो धारणा राखेका थिए ।