११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

ईप्रका भालुवाङमा नयाँ प्रहरी प्रमुख निरीक्षक गोपाल न्यौपाने शान्ति सुरक्षा कायम गर्न पहिलो प्राथमिकता,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, लागुऔषध दुर्व्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, लमही–भालुवाङ सडक खण्डमा टाइम कार्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण, राप्ती नदी दोहन रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा सुझावसहित ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ । काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा […]

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।