१७ आषाढ २०८३, बुधबार
01-07-2026 , Wed
×

राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कम्लहरीको आयआर्जन वृद्धि गर्न बाख्रा वितरण

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया राप्ती गाउँपालिकाले मुक्त कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत मंगलबार ५० जना लाभग्राहीलाई प्रति परिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलोपटकका लागि गरिदिएकाे छ।जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कम्लहरी समुदायको आर्थिक सशक्तीकरण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले अनुदानमुखीभन्दा उत्पादनमुखी कार्यक्रममार्फत लक्षित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
उहाँले वितरण गरिएका बाख्राको उचित स्याहार, व्यवस्थापन र व्यवसायिक विस्तार गर्न लाभग्राहीलाई आग्रह गर्दै यसबाट परिवारको आयआर्जन बढ्नाका साथै जीविकोपार्जनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक अवस्था उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाख्रा वितरण कार्यक्रमले कमैया कम्लहरी परिवारलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद […]

बाँके । नेपालगन्जको मुख्य बजार क्षेत्रमै फेरि डुबानको पुरानो समस्या देखियो। भारी वर्षा सुरु भएको केही बेरमै न्युरोड र सेतुबिक चोक* क्षेत्रमा सडक नै पोखरी जस्तो भयो। पसल अगाडि, बाइकको टायर डुब्ने गरी पानी जमेपछि आवागमन पूरै अस्तव्यस्त भएको छ। हरेक वर्ष किन दोहोरिन्छ? न्युरोड तराईको सबैभन्दा पुरानो बजार हो। यहाँको ढल ब्रिटिस कालकै डिजाइनमा […]

दाङ । मसुरिया राप्ती गाउँपालिकाले मुक्त कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत मंगलबार ५० जना लाभग्राहीलाई प्रति परिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत स्थानीय […]

error: Content is protected !!