११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

राप्ती गाउँपालिकाद्वारा मुक्त कमैया कम्लहरीको आयआर्जन वृद्धि गर्न बाख्रा वितरण

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया राप्ती गाउँपालिकाले मुक्त कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत मंगलबार ५० जना लाभग्राहीलाई प्रति परिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलोपटकका लागि गरिदिएकाे छ।जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कम्लहरी समुदायको आर्थिक सशक्तीकरण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले अनुदानमुखीभन्दा उत्पादनमुखी कार्यक्रममार्फत लक्षित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
उहाँले वितरण गरिएका बाख्राको उचित स्याहार, व्यवस्थापन र व्यवसायिक विस्तार गर्न लाभग्राहीलाई आग्रह गर्दै यसबाट परिवारको आयआर्जन बढ्नाका साथै जीविकोपार्जनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक अवस्था उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाख्रा वितरण कार्यक्रमले कमैया कम्लहरी परिवारलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]