११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

जिल्ला प्रहरी दाङको मासिक बैठक सम्पन्न

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८३

 

*दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ।

बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रण, चोरी नियन्त्रण, अपराध रोकथाम तथा शान्ति-सुरक्षा कायम गर्ने लगायतका विषयमा आवश्यक निर्देशन दिइएको थियो।

साथै आउँदै गरेको दिपावली, छठ पर्व तथा दशैं चाडपर्व लक्षित विशेष सुरक्षा योजना बमोजिम त्रुटीरहित ढंगबाट कुनै पनि अपराधिक क्रियाकलाप हुन नदिन र कानून विपरित हुने जुवातास, पटका जस्ता अवैध क्रियाकलाप हुन नदिन कडाइका साथ कानून बमोजिम कारबाही गर्न समेत निर्देशन दिनुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]

  *काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (अप्राविधिक) नारायण बाबु थापाज्यूको अध्यक्षतामा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकस्थित सभाहलमा बैठक बसी समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।