२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

भारी वर्षापछि नेपालगन्जको न्युरोड,सेतुबिक चोक ढल निकासी नहुँदा जलमग्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १६, २०८३

बाँके । नेपालगन्जको मुख्य बजार क्षेत्रमै फेरि डुबानको पुरानो समस्या देखियो। भारी वर्षा सुरु भएको केही बेरमै न्युरोड र सेतुबिक चोक* क्षेत्रमा सडक नै पोखरी जस्तो भयो। पसल अगाडि, बाइकको टायर डुब्ने गरी पानी जमेपछि आवागमन पूरै अस्तव्यस्त भएको छ।

हरेक वर्ष किन दोहोरिन्छ?
न्युरोड तराईको सबैभन्दा पुरानो बजार हो। यहाँको ढल ब्रिटिस कालकै डिजाइनमा आधारित छ। अहिलेको वर्षा र कंक्रिटले थेग्दैन।
प्लास्टिक झोला, फोहोर र बालुवाले नाला भरिन्छ। पानी जाने ठाउँ नपाएर सडकमा फर्किन्छ।

सेतुबिक चोक आसपासको भू-भाग वरपरभन्दा होचो छ। त्यसैले वरको पानी सबै त्यतै थुप्रिन्छ।

दुकानमा पानी पस्यो भने लाखौंको सामान नोक्सान, स्कूल कलेज जाने विद्यार्थी घर फर्कन नसक्ने, बाइक बिग्रिने, र पानी जमेपछि डेंगु-मलेरियाको जोखिमको खतरा धेरै देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]