११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

भारी वर्षापछि नेपालगन्जको न्युरोड,सेतुबिक चोक ढल निकासी नहुँदा जलमग्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १६, २०८३

बाँके । नेपालगन्जको मुख्य बजार क्षेत्रमै फेरि डुबानको पुरानो समस्या देखियो। भारी वर्षा सुरु भएको केही बेरमै न्युरोड र सेतुबिक चोक* क्षेत्रमा सडक नै पोखरी जस्तो भयो। पसल अगाडि, बाइकको टायर डुब्ने गरी पानी जमेपछि आवागमन पूरै अस्तव्यस्त भएको छ।

हरेक वर्ष किन दोहोरिन्छ?
न्युरोड तराईको सबैभन्दा पुरानो बजार हो। यहाँको ढल ब्रिटिस कालकै डिजाइनमा आधारित छ। अहिलेको वर्षा र कंक्रिटले थेग्दैन।
प्लास्टिक झोला, फोहोर र बालुवाले नाला भरिन्छ। पानी जाने ठाउँ नपाएर सडकमा फर्किन्छ।

सेतुबिक चोक आसपासको भू-भाग वरपरभन्दा होचो छ। त्यसैले वरको पानी सबै त्यतै थुप्रिन्छ।

दुकानमा पानी पस्यो भने लाखौंको सामान नोक्सान, स्कूल कलेज जाने विद्यार्थी घर फर्कन नसक्ने, बाइक बिग्रिने, र पानी जमेपछि डेंगु-मलेरियाको जोखिमको खतरा धेरै देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]