११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

नेपाल आयल निगमले बुधबारबाट लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्य घटायो,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १६, २०८३

काठमाडौं । मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]