११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १७, २०८३

काठमाडौं । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले नेपालखबरलाई दिएको जानकारीअनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी यही असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका थिए।

त्यसपछि तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई त्यही दिन डिस्चार्ज गरिएको थियो।

तर फेरि असार १० गते बिरामी परेपछि उनलाई मेडिसिटी अस्पतालकै आईसीयूमा भर्ना गरिएको थियो।

तर उपचारका क्रममा आज बिहान ६.५५ बजे उनको निधन भएको एसएसपी कार्कीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।

  काठमाडौं । गुडिरहेको गाडीबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि स्थानीय त्रसित भएका छन्। एक्कासी गाडीको इन्जिनबाट धुवाँ निस्किन थालेपछि चालकले तत्काल गाडी रोकेर यात्रुहरुलाई सुरक्षित स्थानमा सारेका थिए। घटनामा मानवीय क्षति नभएको र प्राविधिक खराबीका कारण धुवाँ निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

  *दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/इन्चार्जहरुको सहभागितामा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरुलाई फरार प्रतिवादी पक्राउ, लागूऔषध रोकथाम, सवारी दुर्घटना न्यूनीकरण सहित कार्ययोजना कार्यान्वयन गर्ने, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध […]