२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङ जिल्ला पारा टेबुल टेनिस क्लब संग गठन

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

तेज वली
तुलसीपुर, २९ माघ जिल्ला पारा टेबुल टेनिस क्लब गठन गरिएको छ । जसको अध्यक्षमा यज्ञ बहादुर बिक लाई चयन गरिएको छ । मंगलबार तुलसीपुरमा भएको भेलाले ९ सदस्यीय कार्यसमिती चएन गरेको छ । जसको उपाध्यक्षमा निर्मल वली, सचिबमा सुरेश बिक, कोषाध्यक्षमा अस्मिता बुढा, सह सचिबमा दिपक भुसाल त्यसैगरी सदस्यहरुमा खिम बहादुर महतारा, पारेस्वर न्यौपाने, हरिकला भण्डारी, धरम पुन रहेका छन् ।
जेष्ठ नागरिक पारेस्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ । जिल्लाका खेलाडीहरुलाई आवस्यक खेल सामग्री स्थानीय सरकार, विभिन्न निकाय तथा व्यक्तिसंग समन्वय गरी माग गर्ने लगाएतका निर्णयहरु गरिएको अध्यक्ष विक ले बताए ।
भेलामा पारेस्वर न्यौपाने, पक्ष बहादुर बिक, खिम बहादुर महतारा, गीता सुनार हरिकला भण्डारी, सुरेश बिक, दिपक भुसाल, धरम पुन, अस्मिता बुढा, कमला रोका, निर्मला वली, शिब खड्का, खुम बहादुर पुन, छबी भण्डारी, गुरुप्रसाद चौधरी लगाएतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]