०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

मंगलबार भारी बर्षाको सम्भावना,मौसम पूर्वानुमान महाशाखा

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २३, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको वर्षा-हिमपातको प्रक्षेपण यस्तो छ:

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।

राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरारोड र आसपासका तल्लो भेगका घर तथा पसलहरूमा पानी पसेको यातायात प्रभावित सडकमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या स्थानीय बासिन्दालाई दैनिक कामकाजमा समस्या नेपाल प्रहरी र स्थानीय प्रशासनले स्थिति अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र आवश्यक उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। *सर्वसाधारणलाई अनुरोध:* – नदी तथा खोला […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]