०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

प्रहरी प्रतिष्ठानको ६४ औं बार्षिकोत्सवको अव

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
काठमाडौं माघ २९ नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षज्मक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा एक समारोह मम बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
यस अवसरमा प्रमुख अतिथीज्यूले प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्पण गर्नुभएको थियो साथै यस प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरुका जेहेन्दार सन्ततीलाई छात्रवृती एवं प्रमाण-पत्र वितरण, तत्कालिन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायव महानिरीक्षक वलेन्द्र बहादुर सिंहलाई सम्मानपत्र, लामो समयसम्म वाह्रय प्रशिक्षकको रुपमा सेवा गर्नुभएका (अ.प्रा.) प्रहरी नयाव निरीक्षक मकर बहादुर गुरुङलाई सम्मानपत्र र Indian Police Service (IPS) तालिमका सहभागी “Sword of Honour” विजेता प्रहरी निरीक्षक कृष्ण खड्कालाई प्रशंशापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिज्यूले ६४ औं बार्षिकोत्सवमा अवसरमा प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गर्नुभयो । तत्कालीन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायब महानिरीक्षक वलेन्द्र बहादुर सिंहज्यूले तत्कालीन समयमा पर्याएको योगदानको कदर स्वरुप सम्मानित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यज्यूले प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकहरु, पूर्व निर्देशकहरु, पूर्व समादेशकहरुज्यूहरुको उपस्थिती रहको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

error: Content is protected !!