०३ साउन २०८३, आइतबार
19-07-2026 , Sun
×

दाङ साइकल सिटीद्वारा ‘घोराही कोरा साइक्लिङ च्यालेन्ज–२०२६’ सम्पन्न

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन ०२, २०८३

दाङ, । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली र साइकल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ दाङ साइकल सिटीको आयोजनामा शनिबार ‘घोराही कोरा साइक्लिङ च्यालेन्ज–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित ललित इन्टरप्राइजेज होन्डा शोरुमबाट सुरु भएको साइक्लिङ च्यालेन्जमा ५० भन्दा बढी साइकलयात्रीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले शहीद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी, चौघेरा मन्दिर, बर्गदी, पनौरा हुँदै घोराही–५ स्थित धारापानी मन्दिरसम्म पुगेर पुनः होटल माला इनमा यात्रा सम्पन्न गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले यस्ता अभियानले पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले साइकलमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज र युवाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै दाङ साइकल सिटीले थालेको अभियान अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठले संस्थाले विगतदेखि नै साइकल संस्कृतिको विकास, वातावरण संरक्षण तथा धार्मिक र पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले घोराही कोरा साइक्लिङ च्यालेन्जले जिल्लाका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदालाई चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै दाङ साइकल सिटीका उपाध्यक्ष बिमल श्रेष्ठले कोरा अभियान केवल साइकल यात्रा मात्र नभई स्थानीय सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
साइक्लिङ यात्राका क्रममा सहभागीहरूले विभिन्न धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा प्राकृतिक क्षेत्रको अवलोकन गरेका थिए। यात्राभर ट्राफिक व्यवस्थापन, सुरक्षा तथा समन्वयमा सम्बन्धित निकायको सहयोग रहेको आयोजकले जनाएको छ।
यात्रा सम्पन्न भएपछि आयोजित समापन समारोहमा दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठ तथा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सहभागी सबै साइकलयात्रीलाई मेडल तथा सहभागिता प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सहभागीहरूले कार्यक्रमले स्वास्थ्य, पर्यटन र वातावरण संरक्षणलाई एकैसाथ जोड्ने प्रभावकारी अभियानका रूपमा आफूहरूलाई प्रेरित गरेको प्रतिक्रिया दिएका थिए।
दाङ साइकल सिटीले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित घोराही कोरा साइक्लिङ च्यालेन्जलाई निरन्तर आयोजना गर्दै जिल्लाको प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!