२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

बारम्बार वा एक्कासि छाती दुख्ने मुख्य कारणहरु हृदयघात हुनसक्छ, डाक्टर

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन ०२, २०८३

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन ।

कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती दुख्न सक्छ । छातीमा दुखाइसँगै आउने लक्षणले मात्र कुन समस्याले दुख्यो भनेर यकिन गर्न सकिन्छ ।

के कस्ता कारणले छाती दुख्छ ?

हृदयघात

छाती दुख्ने मुख्य कारण हृदयघात हुनसक्छ । कुनै कारणवश मुटुको मांसपेशीले पर्याप्त मात्रामा अक्सिजनयुक्त रगत नपाउँदा छातीको बायाँ छेउमा वा मध्यभागमा दुखाइ महसुस हुन्छ ।

यससँगै छातीमा गह्रुङ्गो वस्तुले थिचेको वा राखेको, खलखल पसिना आउने, डर लागेको जस्तो हुने र बिस्तारै बाँया हात र गिजातर्फ दुखाइ सरेमा लगभग हृदयघातको लक्षण हो भन्न सकिन्छ । अनियन्त्रित उच्च रक्तचाप, मधुमेह वा मुटुरोगको कारणले यो समस्या हुनसक्छ ।

हृदयघात आपतकालीन अवस्था हो । जसकारण यस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जाने बन्दोबस्त गर्नुपर्छ ।

एनजाइना

एनजाइना कुनै रोग होइन, तर यो एक प्रकारको छाती दुख्ने समस्या हो । मुटुरोगको कारण मुटुका धमनीहरु अवरुद्ध छन् तर हृदयघात भइसकेको छैन भने कडा परिश्रम गर्दा, भर्‍याङ चढ्दा, उफ्रिंदा र कडा कसरत गर्दा छाती दुख्न सक्छ ।

यस्ता क्रियाकलाप हुने बित्तिकै छातीको मध्यभाग र देब्रे भागमा केही राखेको वा कुनै वस्तुले थिचेको जस्तो अनुभव हुनसक्छ । त्यो दुखाइ अन्त सरेको छैन । र, केहीबेर आराम गर्दा हराउँछ भने यो एनजाइना भएको बुझिन्छ । यो त्यति स्थायी होइन, तर यसले हृदयघातको बढ्दो जोखिमलाई संकेत गर्छ ।

हृदयघात हुने बेलामा शतप्रतिशत धमनी अवरुद्ध हुन्छ भने एनजाइनामा ७० देखि ८० प्रतिशत धमनी अवरुद्ध भएको अवस्थामा कडा शारीरिक गतिविधि गर्दा हुनसक्छ ।

यस्तो समस्या लिएर आउनेलाई ट्रेड मिल टेस्ट (टीएमटी) परीक्षण गरिन्छ । जसमा बिरामीलाई कुदाएर मुटुमा भार पारी कस्तो अवस्था छ भनेर हेरिन्छ । जसबाट कस्तो उपचार हुनसक्छ भनेर निर्णय लिन सकिन्छ ।

मुटुको मांसपेशी सुन्निनु

कुनै कारणवश मुटुको मांसपेशी सुन्निंदा छातीको बायाँतर्फ दुख्न सक्छ । जुन भाइरल संक्रमणको कारणले हुनसक्छ । बायाँतर्फ दुख्ने, ज्वरो आउने र चिसो अनुभव यसको प्रमुख लक्षण हुन् ।

ब्याक्टेरिया जहाँ पनि हुनसक्छ । यो हाम्रो शरीरमा पनि हुन्छ र हाम्रो रगतमा पनि । यदि कसैसँग मुटुसँग जोडिएको कुनै सामान्य रोग छ भने बेलाबखत रगतमा भएको ब्याक्टेरिया क्षतिग्रस्त तन्तुमा टाँसिएर बस्छ र एक किसिमको संक्रमणको कारण बन्न सक्छ ।

यसलाई एन्डोकार्डाइटिस पनि भनिन्छ । जब शरीरको कुनैपनि भागबाट पुगेको ब्याक्टेरिया एन्डोकार्डियमसम्म पुग्छ, तब संक्रमणको कारण बन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]