०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कैलालीमा कुटपिटबाट महिलाको मृत्यु,सिसि क्यामरामा देखिएकाहरु खुलेयाम हिन्दै प्रहरीको अनुसन्धान सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०३, २०८३

कैलाली । अत्तरिया कैलालीको गौरीगंगा नगरपालिका-३, कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ। घटनाको वास्तविक कारण खुल्न नसकेपछि प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतककी परिवार सदस्य माया चौधरीका अनुसार, घटनाभन्दा केही समयअघि जालिना देवीले नजिकैको एक छिमेकीको घरमा पुगेर चामल र नुन आँगनमा राखेकी थिइन्। तर, चामल राख्दैमा रुढीवादी परम्पराअनुसार बोक्सीको आरोप लगाउँदै उनलाई लछारपछार गर्दै घरसम्म पुर्‍याइएको उनले बताइन्।

जालिना देवी चौधरी छिमेकीको शौचालयमा लुकेकी थिइन्। तर, शौचालयको ढोका नै फोडेर उनीमाथि कुटपिट गरिएको परिवारको आरोप छ। त्यसपछि केही व्यक्तिले उनलाई तानेर मृतक परिवारको घरसम्म पुर्‍याएको दृश्य त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो परिवारले प्रहरीलाई बुझाइसकेको दाबी गरेको छ। सिसी क्यामेरा भिडियोमा कैद भएका छिमेकी परिवारका सदस्यहरूलाई बोलाएर सोधपुछसँगै कारबाहीको दायरामा ल्याउन मृतक परिवारको माग छ।

मृतकका श्रीमान राजेन्द्र चौधरीका अनुसार, घर पुगेपछि जालिना देवी चौधरी आफ्नै कोठाको खटियामा सुतेकी थिइन्। भोलिपल्ट बिहान करिब ६ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेकाे उनले बताए। कुटपिटकै कारण उनको मृत्यु भएको परिवारको दाबी छ।

यद्यपि, घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले घटनास्थलको प्रारम्भिक मुचुल्का तथा निरीक्षणका क्रममा मृतकको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको बताए। त्यसैले शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको उनले जानकारी दिए।

डीएसपी महराका अनुसार, हालसम्म पोस्टमार्टम रिपोर्ट प्राप्त नभएकाले मृत्युको वास्तविक कारण पुष्टि भइसकेको छैन। रिपोर्ट आएपछि मात्र हत्या हो वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुने उनले बताए।

उनले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको, घटनास्थल तथा आसपासका क्षेत्रबाट आवश्यक प्रमाण संकलन भइरहेको तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ जारी रहेको जानकारी दिए। अनुसन्धानबाट घटनाको वास्तविक रहस्य अवश्य खुल्ने डीएसपी महराको भनाइ छ।

यता, परिवार सदस्य माया चौधरीले पोस्टमार्टम सम्पन्न गरी शव घर ल्याइसकेर अन्त्यष्टि गरेको जानकारी गराएकी छन्। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न परिवारले माग गरेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्षपछि मात्र घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अपराधी जो सुकै किन नहोस मान्छे मार्ने र कानुन हातमा लिनेेलाई पोस्टमाट्म रिपोर्ट आउने बितिकै थप अनुसन्धान र कार्वाही अगाडी बढाउने पीडितको जाहेरीले पक्राउ पनि गरिसकेको बताए । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ तत्कालै यो घटनाको छानबिन र ध्यानाकर्षण होस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!