०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

शरीर पातलो भएर चिन्तित हुनुहुन्छ ?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन ०४, २०८३

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ ।

हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त कसैलाई घटाउने । तर आफ्नो लागि कति तौल आवश्यक हो भन्नेमा भने धेरैजसोको ध्यान पुगिरहेको हुँदैन । मोटोपन बढेपछि जसरी हुन्छ घटाउने भन्ने हुन्छ ।

मानिसको तौल कति हुनुपर्छ भन्ने कुराको जवाफ व्यक्तिको उचाइ र शारीरिक बनोटलाई आधार मानेर दिन सकिन्छ । शरीरको लम्बाइ र तौलको हिसाब बीएमआईबाट निकाल्न सकिन्छ । बीएमआई निकाल्ने तरिका भनेको कुनै व्यक्तिको शरीरको तौललाई उक्त व्यक्तिको उचाइ (मिटरमा) को दुई गुणाले भाग गर्ने हो । अर्थात् बीएमआई बराबर तौल केजी÷ उचाइ मिटर स्क्वायर । बीएमआई बराबर तौल किलोग्रामलाई उचाइ (मिटरमा) को स्क्वायर भाग गर्नुपर्छ ।

एक वयस्क व्यक्तिको बीएमआई १८.५ देखि २४.९ सम्म छ भने स्वस्थ हो । तर बीएमआई  १८.५ भन्दा तल छ भने त्यो दुब्लोपन हो ।

दुब्लोपनको कारण

दुब्लोपनका विभिन्न कारण छन् । गर्भावस्थामा आमालाई पौष्टिक तत्त्व नपुगेमा कम तौल भएका बच्चा जन्मिन्छन् । जन्मिएपछि आमाको दूध कम भएमा पनि बच्चाको तौल कम हुन्छ । ६ महिनापछि बच्चालाई दिइने पूरक खानाको मात्रा मिलेन, अपुग भयो भने पनि दुब्लोपनको सम्भावना हुन्छ ।

शरीरको आवश्यकता अनुसार खाना तथा पोषण नपुगेको खण्डमा पनि दुब्लोपन हुन्छ । विभिन्न प्रकारका रोगले पनि दुब्लोपन निम्त्याउँछन् । जस्तै, क्यान्सरबाट पीडित व्यक्तिको शरीरको तौल अचानक घट्न थाल्छ ।

शारीरिक रूपमा कमजोर भएमा तथा पाचन प्रणालीसम्बन्धी समस्या भएमा पनि शरीरको तौल कम हुन्छ ।

हाइपर थाइराइडिज्मको समस्या भएका व्यक्तिमा पनि दुब्लोपनको समस्या हुन सक्छ, हाम्रो शरीरमा थाइराइड नामक ग्रन्थिले थाइरोक्सिन हार्मोन उत्पादन गर्छ, यदि यो ग्रन्थिले आवश्यकताभन्दा बढी थाइरोक्सिन बनाउन थाल्यो भने पातलोपन हुन सक्छ ।

ज्वरो आएको बेलामा मुख मीठो नहुने अरुचि हुने भएर खानपान कम हुन्छ । जसले शरीरलाई चाहिने ऊर्जा प्राप्त हुँदैन र त्यसैले केही दिन लगातार ज्वरो आइराख्यो भने पनि तौल घट्छ ।

यदि मेटाबोलिज्म बढ्यो भने शरीरको वजन कम हुन थाल्छ । हामीले खाएको खानालाई ऊर्जामा परिणत गर्ने प्रक्रिया नै मेटाबोलिज्म हो । मेटाबोलिज्म बढी भयो र खानामा पोषण पुगेन भने दुब्लोपन हुन्छ ।

१. शरीरको आवश्यकता अनुसार खानाबाट प्राप्त हुने ऊर्जा पुगेको छैन भने दुब्लोपन हुने भएकाले शरीरको आवश्यकता अनुसार खाना खानुपर्छ ।

२. विभिन्न रोगका कारण दुब्लोपन भएको छ भने त्यो बेला खान मन लाग्दैन त्यसैले थोरै खाना खाँदा पनि धेरै ऊर्जा प्राप्त हुने खानेकुरा खानुपर्छ ।

३. दुईदेखि तीन घण्टाको फरकमा केही न केही खानेकुरा खाइरहनुपर्छ ।

४. धेरै खानेकुरा खाँदैमा तौल बढ्दैन । तौल बढाउनु भनेको शरीरमा मांसपेशी बढाउनु हो । यसका लागि शरीरलाई पौष्टिक आहारको जरुरी हुन्छ । शरीरलाई शक्ति प्रदान गर्ने कार्बोहाइड्रेटसँगै प्रोटिन र फ्याटयुक्त खानेकुरा खानुपर्छ । यस्ता खानाले तौल बढ्छ ।

५. धेरै क्यालोरी र प्रोटिन भएको खानेकुरा अण्डा माछा मासु, दूध लगायत खानाको सेवनले पनि तौल बढ्छ ।

६. दुब्लोपनबाट छुटकारा पाउन दही, दूध र घिउको मात्रा बढाउन सकिन्छ ।

७. दुब्लोपनबाट छुटकारा पाउन पर्याप्त निद्रा पनि जरुरी हुन्छ । राम्ररी निदाउँदा नयाँ कोषिकाहरु बन्छन् । त्यसैले पर्याप्त मात्रामा निदाउँदा पनि तौल बढ्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । जगरनाथपुरमा गाउँपालिका ४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका ३ साउन ५ गते १५ ५ साउन, काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् । […]

एजेन्सी । Cockroach Janta Party – CJP ले “Chalo Sansad” मार्चको आह्वान गरेको थियो। माग: NEET लगायतका परीक्षाको पेपर लिक, विद्यार्थी आत्महत्या र शिक्षा प्रणालीमा सुधारको लागि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हजारौं प्रदर्शनकारी जंतर मंतरमा भेला भएर संसदतर्फ मार्च गर्न खोजे – दिल्ली प्रहरीले मार्च गर्न अनुमति नदिएपछि ब्यारिकेड तोडेर अघि बढ्न खोजे – […]

नेपालका अधिकांश सहरहरू विकासका नयाँ सम्भावनासँग अघि बढिरहेका छन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक गतिविधिसँगै खेलकुद क्षेत्र पनि विकासको महत्वपूर्ण आधार बनेको छ। दाङ जिल्लाको प्रमुख सहर घोराही पनि ती सम्भावना बोकेको सहर हो। पछिल्ला वर्षहरूमा सञ्चालन हुँदै आएको “घोराही बनाऔँ अभियान” ले सहरको समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। […]

error: Content is protected !!