१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नवलपरासी वन कार्यालयका अधिकृत २ लाख घुस रकम सहित पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

नवलपरासी फागुन १ डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेली रु.२,००,०००/- घुस रकमसहित पक्राउ परेका छन ।
उनिहरुले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनिहरुलाई घुस लिइसकेको अबस्थामा पक्राउ गरेको हो ।
उनिहरुलाई उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!