२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

रोल्पामा सचेत यात्री, जिम्मेवार चालक; ट्राफिक अनुशासन, सुरक्षाको बाहक कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०७, २०८३

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालय, पुर्व प्रहरी संगठन तथा संघ–संस्थाका प्रतिनिधिहरू, यातायात व्यवसायीहरू, शिक्षकवर्ग, विद्यार्थी भाइबहिनीहरू, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक पर्चा वितरण गरी ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी साधन नचलाउने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्ने, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउने, सवारी चालक अनुमति पत्र प्राप्त व्यक्तिले मात्र सवारी चलाउने, सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्ने, सडक संकेत तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, पैदलयात्रीलाई प्राथमिकता दिने, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी नचलाउने, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्ने, साथै लागू औषध त्यागौँ, स्वस्थ समाज निर्माण गरौँ भन्ने सन्देशसहित जनचेतना अभिवृद्धि गरिएको थियो।

उक्त कार्यक्रममार्फत सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित र अनुशासित सडक संस्कृतिको विकास तथा लागू औषधमुक्त समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रोल्पा
“समुदाय–प्रहरी साझेदारी, सुरक्षित समाज निर्माणको आधार।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]