१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलको लुम्बिनी सीमा क्षेत्र अनुगमन

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, साउन ११, २०८३

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ ।

पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा खटिएका जवानलाई २ वटा मुख्य निर्देशन दिनुभयो:।
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी कडा पार्नु तस्करी, मानव ओसारपसार, लागुऔषध जस्ता कामको रोकथाममा कडाईका साथ लाग्नु पछिल्लो समय बर्दियामा १६ क्विन्टल चिनी, बाँकेमा कपडा तस्करी, कपिलवस्तुको कृष्णनगरबाट हुने अवैध ओसारपसारका खबर आइरहेका थिए। त्यसैको जवाफमा माथिल्लो नेतृत्व आफैं फिल्डमा ओर्लेर “जीरो टोलरेन्सको सन्देश दिएको हो।

सीमा सुरक्षा बलले अब चेकजाँच, गस्ती, गोप्य सूचना संकलन र स्थानीय निकायसँगको समन्वय अझ बढाउने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]