१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन १२, २०८३

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण र तोडफोड भएको थियो। सो घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला पर्साका प्रहरी प्रमुखद्वारा संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको संघको आरोप छ।

संघले आक्रमणकारीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न र वार्ताको क्रममा चिकित्सकहरूलाई दुर्व्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न राज्यसँग जोडदार माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

error: Content is protected !!