१५ साउन २०८३, शुक्रबार
31-07-2026 , Fri
×

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाए,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, साउन १४, २०८३

दाङ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो।

यससँगै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने जनाइएको छ।

हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए।

सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठन केही दिनभित्रै गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ। सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सडकमा प्रदर्शन भने जारी रहेको जनाइएको […]

सिरहा । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ । यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सिरहा । दुई पक्षबीच झडप हुँदा सिरहा तुलसीपुरका गणेश यादवको मृत्यु भएको स्थानीयले पुष्टि गरे । सिराहामा अहिले कर्फ्यु आदेश भए पनि प्रदर्शन रोकिएको छैन । अहिले गोलबजारस्थित मुख्य बजारमा  गणेशको शव राखेर प्रदर्शन भइरहेको छ।

error: Content is protected !!