०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

भारतमा दुई बच्चाको हत्या गरि दम्पत्तिद्वारा आत्महत्या

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

भारतमा दुई बच्चाको हत्या गरेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिए।
उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो। गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार पनि थिए।
चेतन पंखा बनाउने काम गर्थे। आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ। चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार दम्पत्तिले बच्चाको खानेकुरामा निदको औषधि मिसाएका थिए। पछि दुबैको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]