१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपाल आयल निगमले पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्यमा वृद्धि गर्‍यो,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, साउन १७, २०८३

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत निगमले जनाएको छ ।

यो सँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर रु १९७, दोश्रो वर्गका लागि प्रतिलिटर रु १९९ र तेश्रो वर्गका लागि २०० पुगेको छ । यसअघि क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि रु १९४, १९६ र १९७ मूल्य कायम रहेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि १९९ र तेश्रो वर्गका लागि प्रतिलिटर रु २०० कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेल क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि प्रतिलिटर रु १९२, १९४ र १९५ मा कायम थियो ।

त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ पुगेको छ । यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर रु २२९ कायम थियो । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]