काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:१७ बजे दिएको जानकारी अनुसार पछिल्लो १ घण्टादेखि बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
अनि कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
यो क्रम केही समय जारी रहने सम्भावना रहेको उनले बताए।
‘दिउँसो केही बेर मौसम खुलेजस्तो भए पनि फेरि बदली भएर अपराह्न र रातितिर मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने।