एजेन्सी । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् ।
प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । प्रहरीको जवाफी कारबाहीमा सात जना संदिग्ध लुटेराको मृत्यु भएको र घटनास्थलबाट एउटा कारसहित केही हातहतियार तथा खरखजाना समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त भिडन्तमा एक जना सुरक्षाकर्मी घाइते भएको आधिकारिक जानकारी दिइएको छ । यद्यपि घाइतेको अवस्था र घटनाको थप विवरण भने सार्वजनिक गरिएको छैन । एजेन्सी