१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो,सडक एकतर्फी अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १८, २०८३

चितवन । लगातारको वर्षापछि मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो झर्नुका साथै माथिबाट लेदो बग्दा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुईनखोला, नाम्सीखोला, सिमलताल लगायतका क्षेत्रमा पहिरो र लेदोले सडक प्रभावित बनेको हो। सडक खुलाउने उद्देश्यले डोजरसहितका उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै यात्रु तथा सवारी चालकलाई अत्यन्त सावधानी अपनाउन र आवश्यक परे मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सवारी आवागमन आलोपालो (एकतर्फी) रूपमा सञ्चालन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]