०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

किराले खुट्टामा टोक्दा एक युवकको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २५, २०८३

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो।

टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए।

अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए।

उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमले पीडित परिवारले टोक्ने सर्प नदेखेपछि किराले टोकेको भनेका हुन सक्ने बताए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक कृष्ण आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको गौतमको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]