०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा पर्यटकलाई सास्ती कम गर्न माग,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन २५, २०८३

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ ।

सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए ।

उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यवहारिक कर र नियम हटाउन सरकारसँग माग गरे । अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताए ।

सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ ।

कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरूले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार सिङ्गापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपा देउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको सोट्टो नेपालले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवर्द्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]