०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

रुपईडीहामा नक्कली खुकुरी चुरोटको तस्करी, धमाधम नियन्त्रण गर्न एसपी अंगुर जिसीको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २६, २०८३

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ।

भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने

एसपी जिसीको निर्देशन नाका र भित्री रुटमा कडाइ: रुपैडिया, नेपालगञ्ज र आसपासका गाउँका बाटोमा चेकपोष्ट बढाउने सूचना संकलन गरेर भण्डारण गर्ने ठाउँमा आकस्मिक छापा
तस्कर र बिचौलियालाई पक्राउ सानो वाहकदेखि ठूला सञ्जालसम्मको खोजी

पछिल्लो समय बाँके प्रहरीले एसपी जिसीको कमान्डमा भन्सार छलिको सामानमा निकै कडाइ गरेको छ। केही दिनअघि मात्रै १ लाख बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक र खाद्य सामान बरामद गरेको थियो। त्यसै क्रममा सुर्तिजन्य पदार्थको तस्करी पनि बढेको देखिएपछि अब खुकुरी चुरोटलाई पनि टार्गेट गरिएको हो।

नेपाल सरकारले सुर्तिजन्य पदार्थमा उच्च कर लगाएकोले भारतीय बजारबाट तस्करी गरेर ल्याउने ट्रेन्ड बढेको छ। यसले राजस्वमा घाटा हुने र स्वास्थ्यमा पनि असर गर्ने भएकाले प्रहरीले अभियानलाई निरन्तरता दिने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]